
तस्विर फाइल
काठमाडौं, जेठ ५ । काठमाडौं उपत्यकामा बुधबार बिहान देखि सिमसिम पानी परेको छ ।
अरब सागरमा विकसित भएको ताउ–ते नाम दिइएको चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौंको मौसममा बदलि भइ पानी परेको हो ।
जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।
वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ ।
चक्रवातको प्रभाव शुक्रबार सम्म रहने बताइएको छ ।
चक्रवातको प्रभाव नेपालको पश्चिम क्षेत्रबाट क्रमस पूर्व तर्फ बढ्दै गएर बाहिरिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्