Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सर्लाहीमा निषेधाज्ञा अवज्ञा


0
Shares

सर्लाही । सर्लाहीमा बैशाख २५ गते राति १२ बजेदेखि पैलो चरणमा ७ दिन र दाश्रो चरणमा १० दिन निषेधाज्ञा गरिएको छ । जिल्लामा निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म जिल्लाभर जारी गर्ने निर्णय गरिएको छ ।

तर मुख्य राजर्मागमा भने सवारि साधन चलिरहेका छन् । जिल्लामा नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले सोको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने भनिए पनि साना तथा निजी सवार साधन भने बिना कुनै रोक तोक चलिरहेका छन् । निषेधाज्ञा सुरु भएको दिन केहि कडाइ गरेको जस्तो देखिएपनि त्यसपछि भने कुनै चेक जाँच तथा आवगमनमा रोक लगाएको देखिदैन ।