Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


निषेधाज्ञा सकिएको १ महिनासम्म पनि लिलामीको सूचना ननिकाल्न राष्ट्र बैंकको निर्दशन


65
Shares

काठमाडौं, जेठ ४ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गदै निषेधाज्ञा अवधीमा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले निषेधाज्ञा सकिएको महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धी सूचना जारी नगर्न पनि निर्देशन दिएको छ ।

यस्तै निषेधाज्ञा अवधिभर ग्राहककै अनुरोधमा म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण गर्न सक्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत निषेधाज्ञाको अवधीमा कर्जा वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट दिन पनि बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

यस्तै अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था समेत मौद्रिक नीतिमा गरिएको छ ।