कोरोना महामारीमा पनि किसान खेतीपातीमै व्यस्त « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


कोरोना महामारीमा पनि किसान खेतीपातीमै व्यस्त


0
Shares

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदाय स्तरमा त्रास छाएको छ ।

जिल्लामा अहिले सबैजसो बस्तीका बासिन्दा ज्वरो आएर बिरामी परेका छन् ।

अहिले ज्वरो, निमोनिया, टाइफाइड, रुघाखोकीजस्ता स्वास्थ्य समस्या भएका बिरामीका कारण अस्पतालहरु भरिभराउ भएका छन् । तर यस अवथामा समेत किसान भने खेती पातीमा रमाएको देखिन्छ ।

सर्लाहीका किसान हिउँदे मकै भित्र्याउन लागि परेको देखिन्छ भने, बर्खे मकै र उखु गोडने, धानको बिउ राख्ने लगायतका काममा यहाँका किसान लागी परिरहेको देखिन्छ ।

माहामरी भन्दा आफनो पेटकोे र वर्ष दिन सम्म खाने वाली भएकाले यसमा लाग्नु परेको किसानको भनाइ छ ।

समयमा गोडमेल तथा मल जल नगरे यसको असर बालीको एक सिजन पुरैमा पर्ने भएकाले समेत किसान खेतीमा लागि परिरहेका छन ।