१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


पछिल्लो २४ घण्टामा ७३६८ संक्रमित, ६६४८ संक्रमणमुक्त, १४५ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ २ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १४५ जनाको मृत्यु पुष्टि भएको छ ।

त्यस्तै गत २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् ।