हेटौंडा । मकवापुरको भिमफेदी गाउँपालिका वडा नं १ सानुटारमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट उत्पादन परीक्षण सुरु गरिएको छ ।
१४ मेगावाट क्षमिताको आयोजनामा उत्पादन परीक्षण सुरु गरिएको छ । असोजको पहिलो सातादेखि चिनियाँ प्राबिधिकहरुले विद्युतिय उपकरणहरु जडान गरेपछि परीक्षण थालिएको हो ।
कुलेखानी प्रथम जलविद्युत गृहबाट निस्किएको पानीलाई पुनः प्रयोग गरी १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना निर्माण गरिएको हो ।
०६४ सालमा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानी ४ अर्ब ४३ करोडको लागतमा ४ बर्षमा सम्पन्न गर्ने लक्ष लिएकोमा पिभिन्न कारण र समस्याले गर्दा निर्माण सम्पन्न हुन ढिला भएको थियो ।
निर्माण सम्पन्न हुँदा लागत बढेर ४ अर्ब ६३ करोड पुगेको छ ।
नेपाल बिद्युत प्राधिकरण कुलेखानी तेस्रो जलविद्युत गृहका प्रमुख सुभाषकुमार मिश्रका अनुसार केही महिना परीक्षण हुने र त्यसपछि नियमित उत्पादन गरिने जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्