२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


डा. केसीसँग भएको सहमतिबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा छलफल


0
Shares

काठमाडौं, साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदहरुलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।

बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको हो । सहमतिले संसदीय प्रक्रिया तथा सर्वाेच्चतालाई स्वीकार गरेको उपनेता नेम्वाङले बैठकमा बताए ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षबाट सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले बताए ।

उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत कांग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे ।

नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाललगायत नेताको उपस्थिति थियो ।