३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


सर्लाहीका सीमाबासी किनमेल गर्न भारत जान बाध्य


0
Shares

सर्लाही । कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेपनि सर्लाहीको सिमा क्षेत्रका बासिन्दा भारतिय बजारको भरमा आफनो आवश्यकता पूरा गर्न बाध्य छन् ।

नेपालतर्फ नजिक बजार नभएको तथा तुलनात्मक रुपमा भारतमा सस्तोमा सामान पाउने भएकाले भारतीय बजारमा नेपालीको आकर्षण छ ।

महामारीले अहिलेको अवस्था भयावह भएपनि सीमामै रहेको बलराका बासिन्दा किनमेल तथा औषधोपचारका लागि नजिकैको भारतीय बजार गइरहेका छन् ।

बलराबाट सर्लाहीको सदरमुकाम मलंगवा ३३ किलोमिटर, बरहथवा बजार २६ किलोमिटर र रौतहट सदरमुकाम गौर १३ किलोमिटरको दूरीमा पर्छ । भारतर्तफको बसबिट्टा बजार सिमासँगै जोडिएको छ ।

मेजरगन्ज बजार नेपाली सिमावाट २ किलोमिटर दक्षिण तर्फ रहेको छ । त्यसैले गर्दा समेत सर्लाहीको बलराका स्थानिय किनमेल गर्न भारत जाने गरेका हुन् ।