१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


नेपालमा कोरोनाबाट एकैदिन २०३ जनाको मृत्यु, ८५२० जना संक्रमित


0
Shares

काठमाडौं, बैशाख ३१ । नेपालमा कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५२० जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।