Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


जलबिद्युत आयोजनामा प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारमा


0
Shares

रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउपालिका दुई टिमुरेमा निमार्णाधिन रसुवागढी जलबिद्युत आयोजनाले प्रयोग गर्ने २५ थान अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमितको उपचारका लागि प्रदान गरेको छ ।

रसुवागढी जलविद्युत आयोजनाको चीनीयँ ठेकदार कम्पनी सिडब्लुईले निमार्ण स्थलमा प्रयोग गर्दै आएको २५ थान अक्सिजन सिलिन्डर आयोजना प्रमुखको पहलमा आयोजना स्थल बाट जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रशासन कार्यालय रसुवा लाई हस्तान्तरण गरेको हो ।

बिपतका समयमा प्रदान गरिएका अक्सिजन सिलिन्डर कोरोना सङ्क्रमित बिरामीका लागि प्रयोग गरिने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताउनुभयो ।