
काठमाडौं । कोसिड संक्रमितको संख्या दिनहुँ बढेपछि नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै कोभिड महामारीका कारण अर्को सूचना नआउञ्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको जनाएको छ ।
सरकारले वैशाख २० गतेदेखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर, प्राधिकरणले आन्तरिक रुटमा भने आपतकालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।
प्राधिकरणले मंगलबार दोस्रोपटक सूचना निकाल्दै नेपालबाट र नेपालका लागि हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडान जेठ १७ गते राति ११ः५९ बजेसम्मलाई रोकेको छ ।
यसअघि स्थानीय सरकारले निषेधाज्ञा लागू गरेकाले वैशाख २३ गते राति ११:५९ बजेदेखि वैशाख ३१ गते शुक्रबार रातिसम्म गरी ८ दिनका लागि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्