२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


झापामा हातीको आक्रमणबाट मर्निङ वाक हिडेका जगतबहादुरको घटनास्थलमै मृत्यु


0
Shares

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का जीतबहादुर खोयाङ रहेको प्रहरीले जनाएको छ ।

मर्निङ वाकमा निस्किएका खोयाङलाई २१ नम्वर वाहिनी अड्डाको पश्चिम तर्फको जंगलमा हात्तीले आक्रमण गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । उनको घटनास्थलमै मृत्यु भएको हो ।