Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सिन्धुपाल्चोकमा एकैदिन ७५ मा कोरोना पुष्टि


0
Shares

चौतारा । सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणका थप ७५ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो ।

बुधबार एकैदिन चौतारा साँगाचोकगढीका २२, जुगलका ८, बलेफिका ५, बाह्रबिसेका २, लिसंखुपाखरका १३, भोटेकोशीका १, सुनकोसीका १३, हेलम्बुका १ र पहिचान नखुलेका १० सहित ७५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

यो सहित संक्रमितको संख्या ५ सय ५६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ८ छ ।

हाल आइसोलेसनमा १४ जना रहेका छन् भने होम आइसोलेसनमा बसेका जिल्लामा ३ सय ४८ जना र जिल्ला बाहिर १४६ जना बसिरहेका छन् ।