Logo २६ पुस २०८२, शनिबार | Sun Jan 11 2026


विकास निर्माणको काममा लापरबाही : मन्त्री भट्टराई


0
Shares

ताप्लेजुङ, कात्तिक ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरबाही भइरहेको बताएका छन् ।

शुक्रबार गृहजिल्ला ताप्लेजुङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा बोल्दै उनले आयोजना समयमा सम्पन्न नहुँदा नाजायज फाइदा लिने प्रवृत्ति मौलाएको बताए ।

वर्तमान राज्य व्यवस्थाको भविष्य निर्वाचित जनप्रतिनिधिकै हातमा रहेकाले राज्य व्यवस्थाप्रति जनताको विश्वास लिन गम्भीर ढंगले लाग्नुपर्नेमा उनले जोड दिए ।