तनहुँ, बैशाख २८ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ट्रक मस्र्याङदी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाग्लुङ गलकोट नगरपालिका– ८ का ट्रक चालक ३७ वर्षीय जय कंडेल र सहचालक ३५ वर्षीय मिनबहादुर कंडेल रहेका छन् ।
उनिहरु दाजु भाई रहेको प्रहरीले जनाएको छ ।
ना ३ ख ९९७३ नम्वरको ट्रक अनियन्त्रित भै सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।
दुर्घटनाग्रस्त ट्रक सडकबाट १०० मीटर तल खसेको थियो ।









प्रतिक्रिया दिनुहोस्