
काठमाडौं, बैशाख २६ । नेपाल लोकतान्त्रिक शेर्पा संघका सचिव तथा बेष्ट क्वालिटी गार्ड सर्भिस र प्रोफेसनल मेनपावर सर्भिसका अध्यक्ष सञ्जय शेर्पाले नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठानलाई सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
आइतबार नेपाल पत्रकार महासंघले इमेज प्रतिष्ठानमा राखेको कार्यक्रममा युवा व्यवसायीसमेत रहेका शेर्पाले मास्क, सेनिटाईजरलगायतका सुरक्षासामाग्री प्रतिष्ठानका अध्यक्ष शंकर खनाललाई हस्तान्तरण गर्नुभयो ।
कोरोना महामारीमा जोखिम मोेलेर समाचार संकलनमा खटीने पत्रकारकालागि दुईसय बोतल सेनिटाईजर ७ सय ५० पिस सर्जिकल मास्कलगायतका सुरक्षा सामाग्री प्रदान गर्नुभयो ।
कार्यक्रममा युवा समाजसेवी शेर्पाले यो जटील परिस्थितिमा पत्रकारले समय समयमा मानिसहरुलाई सहि सूचना दिएर सुसुचित गरेको भन्दै बाहै्र घण्टा फिल्डमा खटीने पत्रकारको स्वास्थ्य सुरक्षाकोलागि सामाग्री हस्तान्तरण गेको बताउनुभयो ।
शेर्पाले कोरोना माहामारीको समयमा बिभिन्न खालका जनचेतनामुलक कार्यक्रम गर्दे आउनु भएको छ ।
कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा पत्रकारको सुरक्षा अवस्थापनि जटीलबन्दै गएकाले भन्दै आगामी दिनमासमेत पत्रकारलाई सहयोग गर्ने बचन दिनुभयो ।
शेर्पा हिमाल हिल कृषि फार्म प्रालिका अध्यक्ष तथा नेपाली कांग्रेस संखुवासभाका आमन्त्रित सदस्यसमेत रहेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शंकर खनालले चौबिसै घण्टा सूचना प्रवाहकोलागि फिल्डमा खटीने पत्रकार असुरक्षित रहेको भन्दै शेर्पाले गरेको सहयोग प्रशंसनिय रहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा समेत यस्ते रचनात्मक र सहयोगि कामहरुमा प्रतिष्ठान लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सुरक्षा समाग्री इमेज प्रतिष्ठानका एकसय बढी सञ्चारकर्मी र कर्मचारीलाई बितरण गरीएको थियो ।
प्रतिक्रिया दिनुहोस्