उदयपुरमा आगलागी हुँदा करीब डेढ करोड बराबरको क्षति « Imagekhabar – Online News Portal of Nepal


उदयपुरमा आगलागी हुँदा करीब डेढ करोड बराबरको क्षति


0
Shares

उदयपुर । उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट शिशिर राई, विक्रम राई, बुद्ध मगर र कृष्णकुमारी मगरको घरसमेत नष्ट भएको छ । आगलागीबाट १ करोड २० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आगलागीबाट ५ वटा घर, लत्ता कपडा सुनचाँदी र नगद जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक से फेन्जे भोटेले बताउनु भयो ।