Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


खोप निर्यातमाथि लगाएको प्रतिबन्ध हटाउन अमेरिकालाई फ्रान्सको आग्रह


0
Shares

एजेन्सी । फ्रान्सले कोरोना भ्याक्सिन निर्यातमा लगाएको प्रतिबन्ध हटाउन माग गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले कोरोनाविरुद्धको भ्याक्सिन र उपचार सामग्रीमाथि लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेकाे हाे ।

युरोप र अमेरिकामा विभिन्न चरणमा देखा परेको कोरोनाको महामारी नियन्त्रणका लागि एकजुट हुन आवश्यक रहेको पनि बताएकाे एएफपीले जनाएको छ ।

ती राष्ट्रहरुमा बेला बेलामा देखा परेको खोपको अभाव पूरा गर्न पनि प्रतिबन्ध हटाउनुपर्नेमा राष्ट्रपति म्याक्रोनले आग्रह गरेको समाचारमा जनाइएको छ । विश्वका धनी र गरिब राष्ट्रहरुमा खोप वितरण असमान रहेको भन्दै फ्रान्सले खोप अभियानलाई तीव्र पार्न पनि आग्रह गरेका छन्।

बेलायतमा हाल ६७ प्रतिशत नागरिकले खोपका दुवै मात्र लगाइसकेका छन् भने अमेरिकामा ५६ प्रतिशत नागरिकको पँहुचमा खोप पुगिसकेको समाचारमा जनाइएको छ ।

यता विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि खोप अभियानलाई तीव्र पार्ने फ्रान्सको आग्रहको समर्थन गरेको छ । उसले महमारीको चपेटामा परेका अफ्रिकी र एशियाली मुलुकहरुमा खोप आपूर्तिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।