२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


गैडा तस्करीमा संलग्न २४ पक्राउ


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ ।

पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत पेश गरिएको निकुञ्जका सूचना अधिकारी लेकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा धादिङका ४५ वर्षीय राजकुमार श्रेष्ठ भनिने कविराज श्रेष्ठ रहेका छन् ।

उनलाई यही वैशाख २३ गते चितवनको कविलासबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ गरिएका उनलाई जिल्ला अदालत पेश गरिएको र अदालतले दुई लाख ५० हजार धरौटीमा छाडेको उहाँले बताउनुभयो ।

यसअघि विभिन्न समयमा पक्राउ गरिएका २३ जनालाई निकुञ्जले गत माघ २९ गते सार्वजनिक गरेको थियो ।