काठमाडौं, बैशाख २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले केही दिनभित्रै कोरोना संक्रमितका लागि डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताउनुभएको छ ।
छैटौ पत्रकारिता दिवसका अवसरमा आज सिंहदरवारमा आयोजित कार्यक्रममा उहाँले आफन्त नभएका र सबै संक्रमित भएका परिवारलाई सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताउनुभएको हो ।
मन्त्री गुरुङ्गले कसैलाई कुनै खाद्य बस्तुको अभाव हुन नदिने गरि स्वास्थ्थलगायत अत्यावश्यक बस्तुको पनि डोर टु डोर सेवा सञ्चाल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङ्गले महामारीको समयमा संञ्चार गृहहरुलाई भय र त्रास फैलाउने काम नगर्न सुझाव समेत दिनुभयो ।
उहाँले सञ्चार गृहहरुलाई गाईडलाइन्स बनाएर परिपत्र गर्ने तयारी भैरहेको भन्दै सबै सञ्चारगृहलाई समावेश गरि मन्त्रालयभित्रै समाचार उत्पादन गर्न एउटा छुट्टै टिम बनाउन लागेको पनि जानकारी दिनुभयो ।
मन्त्री गुरुङ्गले समाचार विक्रि गर्ने सोचमा नभई वर्तमान अवस्थामा कोभिडमुक्त बनाउने सोचमा अघि बढ्न् सञ्चारमाध्यमहरुलाई सुझाव समेत दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्