‘सीको भ्रमणले त्रिदेशीय समझदारीको ढोका खुल्यो’ • Image Khabar Image Khabar


‘सीको भ्रमणले त्रिदेशीय समझदारीको ढोका खुल्यो’


Imagekhabar
५ कार्तिक २०७६, मंगलवार १९:११

‘सीको भ्रमणले त्रिदेशीय समझदारीको ढोका खुल्यो’

काठमाडौं, कात्तिक ५ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणले त्रिदेशीय समझदारीको ढोका खुलेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उनले सीको नेपाल भ्रमणले भारत, चीन र नेपालीबीच त्रिदेशीय समझदारीको ढोका खुलेको बताएका हुन् ।

चीन र चिनियाँ कम्युनिस्ट पार्टीबाट नेपालका राजनीतिक दलहरुले अनुशासन र सुशासन सिक्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अरु मुलुकसित सम्बन्ध बलियो बनाउन आर्थिक र राजनीतिकरुपले आन्तरिकरुपमा बलियो हुनुपर्ने बताए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले लिपुलेकको उदाहरण दिँदै भारत र चीनको टकरावले मात्र नभइ सहमतिले पनि नेपाल प्रभावित हुने टिप्पणी गरे ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले भ्रमण वर्ष सन् २०२० लाई निकै मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्