
काठमाडौं, कात्तिक ५ । सरकारले दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरन्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाइ प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
उक्त गीतमा कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुनेगरी संगीत भरेर दृश्य छायांकन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाइएको हो ।
सन्चार तथा सूचना प्रविधि मन्त्रालयले गृह मन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसन्चारमाध्यममा प्रतिबन्ध लगाइ प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्