Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


धनकुटा प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द


0
Shares

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कोरोना भाइरस संक्रमण फैलँदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरूमा निषेधाज्ञासमेत जारी भएकाले कार्यालयले दिँदै आएको अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालयले राहदानी वितरण तथा सिफारिस, नयाँ नागरिकता वितरण–नविकरण, नावालक परिचय पत्र, हतियार दर्ता नविकरण, राष्ट्रिय परिचय पत्र सम्बन्धी कार्य, संस्था दर्ता तथा नविकरण लगायतका सेवा वैशाख ३१ गते सम्मलाई बन्द गरेको हो ।

साथै यस अवधिमा शान्ति सुरक्षा सम्बन्धी निवेदन, मुद्दा सम्बन्धी कार्य, विपत व्यवस्थापन सम्बन्धी कार्य र अन्य अत्यावश्यक सिफारिसको काम भने स्वाथ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।