
काठमाडौं । तिहार गीतका कारण विवादमा आएका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ ।
‘ह्याप्पी तिहार’ बोलको गीत गाएर विवादमा आएका थापालाई महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंस्थित गोगंबुबाट पक्राउ गरेको हो ।
उनलाई सामाजमा गलत सन्देश प्रवाह गर्ने गीत गाएका कारण पक्राउ गरिएको हो । यद्यपी, उनले गीतको गलत सन्देश प्रवाह गर्ने सबै पार्ट डिलिट गर्ने बताएका छन् ।
गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।
प्रतिक्रिया दिनुहोस्