Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


रोमाको प्रशिक्षकमा जोसे मोरिन्हा नियुक्त


0
Shares

एजेन्सी । जोसे मोरिन्हो इटालियन क्लब रोमाको प्रशिक्षकमा नियुक्त भएका छन् । टोटनह्यामको प्रशिक्षकबाट बर्खास्त भएका जोसे केही हप्ता भित्रै रोमाको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

जोसेले आउँदो सिजनको सुरुदेखि रोमामा प्रशिक्षको जिम्मेवारी निर्वाह गर्ने छन् । ५८ वर्षका जोसेले पोर्चुगिज पाउलो फोन्सेकालाई प्रतिस्थापित गर्नेछन् । जोसे पनि पोर्चुगिज हुन् ।

फोन्सेकाले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने बताएको केही समयपछि जोसेलाई नियुक्त गर्ने निर्णय भएको खबर आएको हो । अप्रिल १९ मा इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्त भएका जोसेले तीनपटकको सिरी ए च्याम्पियन रोमासँग तीन वर्षको सम्झौता गरेका छन् । क्लबप्रति समर्थकको अटुट आस्थाका कारण आफू रोमाको प्रशिक्षकको जिम्मेवारी स्वीकार गर्न तयार भएको जोसेले बताएका छन् ।