कोरोना संक्रमण तीब्र भएपछि भारतको बिहारले घोषणा गर्‍यो लकडाउनको घोषणा • Image Khabar Image Khabar


कोरोना संक्रमण तीब्र भएपछि भारतको बिहारले घोषणा गर्‍यो लकडाउनको घोषणा


Imagekhabar
२१ बैशाख २०७८, मंगलवार १५:१९

India bihar nitish kumar chief minister

काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री नितिश कुमारले मन्त्री र सरकारी अधिकारीहरुसँगको छलफलपछि यो निर्णय लिइएकोसामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको हो ।

भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्दा बिहारमा सोमबार मात्र ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए ।

बिहारमा सोमबार ८२ संक्रमितको मृत्यु हुँदा राजधानी पटनामा मात्र २४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्