बागलुङ । काठमाडौका अस्पतालमा बेड नपाएपछि एकजना कोरोना संक्रमितलाई उपचारका लागि बागलुङ लगिएको छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर–३ घर भई काठमाडौ बस्दै आएकी ३१ वर्षीया महिलालाई बागलुङको धौलागिगि अस्पतालमा लगिएको हो ।
काठमाडौंका अस्पतालहरुमा बिरामीहरुले बेड पाउन समस्या भएपछि उपचारका लागि एम्बुलेन्स मार्फत बागलुङको धौलागिरि अस्पताल ल्याएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएपछि धौलागिरी अस्पतालमा बेडको व्यवस्थापन गरी ल्याइएको हो ।
उहाँको गएराति नै धौलागिरि अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको छ ।
संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्