१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


जिम्मेवार नै काेराेनाविरुद्धकाे नियम मिच्दै भेलामा व्यस्त


0
Shares

किरण थापा

सिन्धुपाल्चोक । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या बढ्दै गएको छ । अहिलेसम्म पूर्ण तथा आशिंक गरि ४२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुपाल्चोक जिल्लामा पनि आंशिक रुपमा निशेधाज्ञा गरीएको छ । तर यो निषेधाज्ञाको असर जनताको लागी मात्रै जस्तो देखीएको छ । सरोकार राख्नुपर्ने र सचेत वर्ग मानीने प्रधानाध्यापकहरु सभा र सम्मेलनमा व्यस्त भएका छन् ।

प्रसंग हो, मेलम्ची नगरपालीका ९ वडा को ज्यामीरेमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेलाको । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउन आम नागरिकको लागी निर्देशन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालीकाका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल लगाएतको कार्यक्रममा सहभागीता रहेको छ ।

कोरोना महामारीको समयमा सबैभन्दा जिम्मेवार बन्नुपर्ने व्यक्ति नै गैर जिम्मेवार बन्दा त्यसले समाजमा पर्ने असरबारे सोझै आकाँलन गर्न सकिन्छ । जिम्मेवार व्यत्तिले गर्नसक्ने काम उनैले नगर्दा सिन्धुपाल्चोक कोरोना संक्रमणको उच्च जोखीममा छ । अन्य कार्यक्रम तथा अवसरहरुमा जिल्लाको सबैभन्दा उच्च पदस्थ व्यक्ति मै हुँ भन्दै अगाडी आउने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको गैरजिम्मेवारी उदाङ्गो भएको छ ।

सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेसन समेत निर्माण हुन सकेको छैन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकमा प्रमुख जिम्मेवारीका साथ सहभागी हुने तामाङ आफ्नो जिम्मेवारीमा केही काम आएपछि मौन बस्ने तामाङ आफैं सरकारले तोकेको मापदण्डलाई लात हान्दै ठुला भेला गर्दै हिड्नु गैरजिम्वेपारीपनको प्रर्दशन गरीरहनु भएको छ ।

कोरोना संक्रमितको लागी आइसोलेसन बनाउन मौन

केही दिन अघि बसेको डीसीसीएमसीको बैठकमा आइसोलेशन वार्ड तयार गर्न भवन खोजी गर्ने विषयमा भएको छलफलमा उहाँ मौन बस्नु भएको थियो । मौन बस्नुको कारण पनि उहाँसँग सम्बन्धित भवनको प्रस्ताव आउनु हो ।

हाल जिससले भोगचलन गरिरहेको नयाँ पक्कि भवनमा अघिल्लो वर्षको कोरोना महामारीमा आइसोलेसनको रुपमा प्रयोग गरिएको थियो । सो भवन आइसोलेसनमा प्रयोग गरिरहँदा जिससको काम कारवाहीसँगै रहेको प्रीफ्याब भवनबाट भइरहेको थियो । कोरोनामा महामारी केही सहज भएर अवस्था सामान्य बनेपछि आइसोलेसन हटाएर नयाँ भवनमा जिससको कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइ (निजी आवास तथा अनुदान व्यवस्थापन) को कार्यालय सञ्चालन भइरहेको छ । जिसस नयाँ भवनमा सरेपछि साविक सञ्चालमा रहेको प्रीफ्याबको भवन अहिले खाली छ ।

सो खाली रहेको भवनमा आइसोलेशन वार्ड निर्माण गर्ने वैठकको प्रस्तावमा जिसस प्रमुख तामाङ मौन बस्नुभएको हो । उहाँ मौन बसेपछि उहाँकै मातहतमा रहेको सो भवन आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने बारे निर्णय हुन सकेन । त्यसकै कारण यो समाचार तयार पार्दासम्म कुल ८६ संक्रमित मध्ये १ जना मात्रै चौतारा अस्पतालको आइसोलेशनमा छन् भने बाँकी ८५ जना जोखीम मोलेर आफ्नै घरमा बसीरहेका छन्।

जिल्लामा कन्ट्याक ट्रेसिङबाट नयाँ संक्रमित थपिने दर उच्च छ । यदि संक्रमितलाई सुरक्षीत आइसोलेशनमा राख्न सकिएको भएको समुदायमा संक्रमण फैलिने दर कम हुने थियो । जिससको सो भवन आइसोलेशन बनाउन तामाङ तयार नभएपछि खाली जग्गामा टेन्ट हालेर आइसोलेशन बनाउने तयारी भइरहेको वैठकमा सहभागी एक सदस्यले बताएका छन् ।

जिल्लामा आँशिक लकडाउन गर्न हस्ताक्षर गरी कार्यकर्ता भेलामा व्यस्त

आफै सहभागी भएको वैठकमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गर्ने भनि निर्णय गरेका तामाङले सो आफ्नै निर्णयलाई लात हान्दै भेला गर्दै हिंड्नु भएको छ । तामाङ आफै प्रमुख अतिथि भएर मेलम्ची नगरपालिकाका मेयर, उपमेयर लगायत उपस्थित गराएर उनैले नै सयौं कार्यकर्ता भेला गराएका थिए ।

नेपाल कम्युनिष्ठ पार्टी९एमाले०को मेलम्ची नगरपालिका ९ को अगुवा कार्यकर्ता भेलामा हिजो ९आइतबार० उहाँ सहभागी हुनुभएको हो । कार्यकर्ता भेलामा ज्यामीरेका ४ विद्यालयका प्रधानाध्यापक समेत सहभागी भएका थिए । जनता माध्यमीक विद्यालयका प्रधानाध्यापक केदार विष्ट, सावीकको ज्यामीरे गावीस वडा नम्बर २ हालको मेलम्ची १० मा रहेको भुमेस्थान आधारभुत विद्यालयका प्रधानाध्यापक बलराम अधिकारी, रक्तकाली आधारभुत विद्यालयका प्रधानाध्यापक रामचन्द्र गिरी र सातकन्या माध्यमीक विद्यालयका प्रधानाध्यापक जनक अधिकारी लगाएतको सहभागीता रहेको थियो ।

विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र वडाका कार्यकर्ताहरु जम्मा गरेर प्रधानाध्यापकहरु बलराम अधिकारी र जनक अधिकारीको घरका कार्यक्रम गरीएको हो । भेलामा एक सय पचासको हाराहारीमा मानिस भेला भएको भेलामा सहभागी कार्याकर्ताले बताएका छन् । सरकारले भेला तथा सम्मेलन नगर्न तथा गर्नेपरे २५ जना भन्दा बढी भेला नगर्ने निर्णय गरेका भएपनि सिन्धुपाल्चोक जिल्लाका अगुवाले नै सो निर्णय तोडेका हुन् ।