Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सबैलाई सूचना प्रविधिसँग जोड्दै समृद्ध नेपालको सपना पूरा गर्छौः सञ्चारमन्त्री गुरुङ


0
Shares

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका आज नेपालमा सूचना प्रविधि मनाइँदै छ ।

यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने संकल्प लिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनु भएको छ ।

मन्त्री गुरुङले सबैलाई सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

आजको युुग सूचना तथा सञ्चार प्रविधिको युुग भएको मन्त्री गुरुङको भनाइ छ ।

सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्था, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने कार्य गरेको मन्त्री गुरुङको दावी छ ।

दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको समेत उहँले जानकारी दिनुभयो ।

साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको उहाँले जारी गरेको शुभकमना सन्देशमा उल्लेख छ ।