 
	    कास्की, कात्तिक २ । कास्की र मनाङमा गरी शनिबार दुई पर्यटकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–६, लेकसाइडको स्ट्रेट नम्बर–२ स्थित लक्की सेभेन गेस्टहाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्लहेन्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७, टंकीमा थ्रोङलापासकोक्रममा अमेरिकी नागरिक (पासपोर्ट नम्बर ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गन्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गइ हेर्दा मृत अवस्थामा फेलापरेका थिए भने अमेरिकी नागरिक स्मिथको हृदयाघातका कारण मृत्यु भएको र दुवै घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्