
कास्की, बैशाख १८ । नेपाली कांग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो ।
नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सरकारलाई आग्रह गरेको हो ।
बैठकले कोरोना महामारीका बेला जनताका लागि सहज रुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुपर्नेमा उपचार सेवा समेत दिन नसक्ने भन्दै सरकारले जनताको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको ठहर गरेको छ ।
समस्या र संकटका बेला सरकार झन् अरु बेला भन्दा जनताप्रति जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेवार बनेको भन्दै कास्की कांग्रेसले त्यसमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्