
काठमाडौं । काठमाडौं जिल्लामा निषेधाज्ञा उल्लंघन गर्ने २१ सय सवारी चालकलाई कारबाही गरिएको छ ।
कारबाही पर्नेमा चार पाङ्ग्रे ४ सय ८८ वटा, ठूला बस तथा ट्रक १ सय ६७ वटा र दुई पाङ्ग्रे सवारी १४ सय ५५ वटा रहेको महानगरीय ट्राफिक प्रहरीका प्रगवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
निषेधाज्ञा जारी भएपछि प्रहरीले काठमाडौंको विभिन्न स्थानमा ८५ ठाउँमा चेक प्वाइन्ट राखेको छ ।
नियन्त्रणमा लिइएको सवारी साधनका धनीलाई साँझ ५ बजे पछि सम्झाइबुझाइ छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्