
तेह्रथुम । तेह्रथुमको बसन्तपुर–म्याङलुङ सडक खण्डको अनुगमन गरिएको छ ।
लसुने बसन्तपुर सडक खण्डमा सडक कालोपत्रे भइरहेका बेला यसको गुणस्तरमा प्रश्न उठेपछि जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीसहीतको टोलीले सडकको अनुगमन गर्न थालेका हुन् ।
अनुगमका क्रमममा मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिस शाक्यसहितको टोलीले सडकमा प्रयोग गरिएको कच्चा प्रदार्थको समेत मेसिनबाट परीक्षण गरेका छन् ।
सो सडक खण्डको निर्माणको जिम्मा पाएको कालिका भभेश्वर जेबी कन्ट्रक्सनले कालोपत्रे गर्ने काम सुरु गरे पछि स्थानीय सरकार र नागरिकहरुले सडकको गुणस्तरलाई चासोको रुपमा हेर्ने गरेका छन् ।
१० सेन्टिमिटरको कालो पत्रे गरिने राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बसन्तपुर– म्याङलुङ खण्डअन्र्तगत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने उक्त सडक दुई लेनको स्तरमा कालोपत्रे गर्न अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्