Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


निषेधाज्ञाभर तोकिएका संस्थालाई सवारी पास नचाहिने


0
Shares

काठमाडौं । निषेधाज्ञाको समयवधिभर जिल्ला प्रशासन कार्यालयले तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति जारी गदै तोकिएको सेवा र वस्तुका सवारी साधनका हकमा सवारी पास नचाहिने जनाएको हो।

निषेधाज्ञाको समयअवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैँक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यात्राका क्रममा कँही कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

विज्ञप्तीमा भनिएकाे छ, ‘अन्य अनावश्यक काममा पनि अत्याश्यक भनी सवारी पास माग गर्ने गरेको पाइएकाे छ,’ ‘त्यसैले वैशाख १७ गतेदेखि मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेक जिप्रका काठमाडौँबाट सवारी पास पाइदैन ।’ कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले १६ गते देखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।