Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


निषेधाज्ञा पूर्ण पालना गर्न सर्वसाधरणलाई गृह मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं, बैशाख १६ । गृह मन्त्रालयले निषेधाज्ञा पूर्ण पालना गर्न सर्वसाधरणमा आग्रह गरेको छ ।

मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले बिहीबार सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको संक्रमण तीब्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।

गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कोभिड–१९ सङ्क्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ ।