काठमाडौं, बैशाख १६ । आयोजना र ठेकेदारको लापरवाहीका कारण पथलैया-वीरगञ्ज ६ लेन सडकखण्ड अझै पूरा हुन सकेको छैन ।
दुई बर्षे आयोजनाको पटक पटक म्याद थपेर ५ बर्ष पुर्याउँदा पनि आयोजनाको प्रगती ६७ प्रतीशत मात्रै देखिएको छ ।
२०७३ असारमा शुरु गरिएको यो आयोजनाको काम प्रत्येक ८ महिनामा २५ प्रतीशत प्रगती गर्ने शर्तमा ४ खण्डमा विभाजन गरी ४ वटै निर्माण कम्पनीलाई दिएको थियो ।
५.८ किलोमिटरको जिम्मा लिएको युनाईटेड निर्माण सेवा कम्पनीले अहिलेसम्म ४८ प्रतीशत मात्र काम सम्पन्न गरेको छ ।
आयोजना प्रमुख मनोज कुमार साह युनाइटेड जस्ता कम्पनीहरुले भेटे जतिका काम लिने र समयमा पूरा नगर्ने गरेको बताउनुहुन्छ ।
अन्य निर्माण कम्पनीहरुको काम पनि सन्तोषजनक नरहेकोले आयोजना नै रुग्ण आयोजना परिणत हुने खतरा बढेको आयोजनाका अधिकारीहरुले बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्