
तस्विर फाइल
काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत् पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ ।
अक्सिजन लेभल घटेका कारण आईसीयुमा राखी उपचार भइरहेकोमा अस्पतालले प्लाज्माको खोजी गरिएको जनाएको छ ।
सम्भव भएसम्म बिहीबारदेखि प्लाज्मा थेरापीबाटबाट उपचार गरिने पनि अस्पतालले जनाएको छ ।
उहाँलाई बुधबारदेखि आईसीयुमा राखिएको छ ।
भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राज दम्पतीलाई कोरोना स.क्रमण भएपछि यही बैशाख ७ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
पूर्व राजा ज्ञानेन्द्रको भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
पूर्व राजाकी छोरी प्रेरणा शाह पनि संक्रमित भएकोमा उहाँको पनि अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्