Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पत्रकार महासंघ डडेल्धुराको भवनमा डोजर चल्यो


0
Shares

डडेल्धुरा, बैशाख १६ । नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ ।

जानकारी तथा सूचना विनानै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर बिहीबार भवनमा क्षति पुर्‍याएको घटना प्रति पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्तरीय सूचना केन्द्र समेत रहेको उक्त भवनलाई भत्काउँने प्रयासपछि महासंघका अध्यक्ष हिक्मतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

घटना पछि महासंघले प्रचलित कानून विपरित महासंघको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलाप भएको भन्दै कर्मचचारी परिचालन गर्ने डिभिजन कार्यालय डडेल्धुरा, ट्रस सहित भवन भत्काउन डोजर उपलब्ध गराउने अमरगढी नगरपालिका र सुरक्षा बल परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बिरुद्ध डडेल्धुराका नागरिक सामाजिक संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन गर्ने निर्णय गरेका छन ।
डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले अन्जानमा गल्ती भएको भन्दै गैरजिम्मेवार जवाफ दिएको महासंघले जनाएको छ ।