२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025


शेयर बजारमा गिरावट


0
Shares

काठमाडौं, बैशाख १५ । मंगलबार १ सय अंकले बढेर २६ सय नजिक पुगेको शेयर बजार बुधबार भने १३ अंकले घटेर २५ सय ८५ मा झरेको छ ।

अन्य दिनको तुलनामा बुधबार कारोवार रकम पनि ह्वात्तै घटेर ४ अर्बमा खुम्चिएको छ ।

यस दिन उत्पादन, अन्य र व्यापार समुह बाहेक अरु सबै समुह घटेका छन् ।

उत्पादनमुलक समुह ५४ अंकले उकालो लाग्दा अन्य समुह १८ अंकले बढेको छ भने व्यापार समुह ९ अंकले बढेको छ ।

बुधवार जीवन बिमा समुह सबैभन्दा भन्दा बढी १ सय ४९ अंकले घट्दा निर्जिबन बिमा समुह १ सय ५ अंकले घटेको छ ।

लघुवित्त समुहमा ४६ अंकको गिरावट आउदा विकास बैक समुहमा २४, होटल तथा पर्यटन समुहमा १९, जलविद्युत १९, वित्त समुह १६, अंकले गिरावट आउदा सामुहिक लगानी कोष र लगानी समुह रातो मात्र रहे ।

बुधवार बिशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाको शेयर मुल्यमा १० प्रतिशतको बृद्धि हुदा ३५ कम्पनीको मात्र शेयर मुल्य बढेको छ ।

१ सय ४१ कम्पनीको मुल्यमा गिरावट आउदा पोखरा फाइनान्स, प्रोग्रेसिफ फाइनान्स, रैराङ्ग हाइड्रोपावर र सिुन्धु विकास बैकका लगानीकर्र्ताले धेरै गुमाएका छन् ।

यसदिन ६ कम्पनीको मुल्य स्थीर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

बुधवार नेपाल स्टक एक्सचेञ्जमा २ सय १५ कम्पनीको ८९ हजार कित्ता बढी शेयर ४ अर्बमा कारोवार भएको पनि नेप्सेले जनाएको छ ।

यसैबीच ब्रोकरमार्फत हुने सेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट हुने भएको छ ।

स्टक ब्रोकर्स एसोसिएसनले बुधबार सूचना जारी गर्दै सरकारले बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकको आवागमन निषेध गरेकाले निषेधाज्ञा अवधिभर सबै कारोबार विद्युतीय माध्यमबाट गरिने जनाएको हो ।