२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


नेपालमा कोरोना संक्रमणको दर भारतमा भन्दा धेरै, दैनिक १ लाख ९३ हजार थपिने सम्भावना


0
Shares

काठमाडौं, बैशाख १५ । नेपालमा कोरोना भाइरसबाट बुधबार एकैदिन ४ हजार ८ सय ९७ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबा ट ४ हजार ७ सय ७४ तथा ९ सय ५५ एन्टिजेन परीक्षणबाट एक सय २३ गरी ४८ सय ९७ जना संक्रमित थपिएका हुन् ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ हजार ४७ जना हुन् । काठमाडौंका १४ सय ६४, ललितपुरका ३ सय ५१ तथा भक्तपुरका २ सय ३२ जना हुन् ।

हाल सक्रिय संक्रमितको संख्या बढेर ३० हजार २ सय ९ पुगेको छ । बुधबार ७ सय ७३ जनामात्र संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या घटेर ८९.३ प्रतिशत पुगेको छ । हाल ३ सय १७ जना आईसीयूमा र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा संक्रमणको दर भारतको भन्दा बढी रहेको पाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मृत्युको दर पनि नेपालमा बढेको छ ।

नेपालमा गत हप्ताको तुलनामा यो हप्ता २ सय २८ प्रतिशतले संक्रमण बढेको डा. अर्पणा श्रेष्ठले जानकारी दिनुभयो ।

यदि यसलाई नरोक्ने हो भने एक महिनाभित्रै दैनिक १ लाख ९३ हजार संक्रमित नेपालमा बढ्ने आँकलन गरिएको छ ।

यही गतिमा संक्रमण बढे दैनिक डेढ सयको संख्यामा नेपालमा कोरोनाबाट मृत्यु हुने दाबीसमेत गरिएको छ ।

अहिले बढेको कोरोनाको दोस्रो लहरका कारण संक्रमितको २० प्रतिशत सम्मलाई अक्सिजन चाहिन सक्ने र केहीलाई भेन्टिलेटरमा रहनुपर्ने पनि बताइएको छ ।

संक्रमण कम गर्न मन्त्रालयले मास्कको प्रयोगसँगै सरसफाइमा समेत जोड दिइएको छ ।

प्रयोग गरेको मास्क ५ दिनसम्म छुट्टै राखेरमात्र सबै फोहरसँग मिसाउन पनि आग्रह गरिएको छ ।