१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


पेप्सीको सद्भावना दूत प्रदीप खड्का, विज्ञापन प्रसारणमा


0
Shares

काठमाडौं । पेप्सीले नायक प्रदीप खड्कालाई सद्भावना दूत नियुक्त गर्दै आफ्नो नयाँ विज्ञापन प्रसारणमा ल्याएको छ । गर्मी समयका लागि प्रसारण गरिने विज्ञापनको स्लोगन ‘हर घुंटमा स्वाग छ’ रहेको छ ।

क्लिन फिड लागू भइसकेपछि ल्याइएको नयाँ विज्ञापनबाट आफू एकदमै उत्साहित भएको पेप्सीका नेपाल क्षेत्रीय मार्केटिङ डाइरेक्टर नसीब पुरीले बताउनुभयो ।

पेप्सी सधैँ युवाको रोजाइमा पर्ने दाबी गर्दै उहाँले प्रदीप खड्कालाई सद्भावना दूतको रूपमा पाउँदा अत्यन्त खुसी भएको बताउनुभयो । प्रदीपमा देखिने ताजापन र हाम्रो ब्राण्डमा रहेको ताजापनबीच अद्भुत मेल भएको उहाँको भनाइ छ ।

सद्भावना दूत प्रदीप खड्काले आफू पहिल्यैदेखि पेप्सीको प्रशंसक भएको बताउँदै गर्मीका लागिष् पेप्सी सही पेय पदार्थमा भएको विश्वास व्यक्त गर्नुभयो । युवाहरूको आकर्षण बढी रहेकाले पेप्सी र यसको विज्ञापन धेरैले मनपराउने उनको विश्वास छ ।