काठमाडौंका मुख्य नाकामा घर फर्किनेको भीड « Imagekhabar – Online News Portal of Nepal


काठमाडौंका मुख्य नाकामा घर फर्किनेको भीड


0
Shares

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरूको भीड लागेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

खासगरी काटेश्वर र थानकोट नाकाबाट उपत्यका छाड्नेहरूको भीड बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसबाहेक बालाजु र बल्खु नाकामा समेत उपत्यका छाडनेहरूको भीड लागेको छ ।

सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ । केही समय अघिसम्म यात्रुविहीन गुडेका सार्वजनिक सवारी यात्रुले खचाखच भरिएका छन् ।