२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई माओवादी केन्द्रको आग्रह


0
Shares

काठमाडौं, बैशाख १३ । माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको उचित व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

‘स्वास्थ्य सेवा प्रभावकारी बनाइ जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ अध्यक्ष दाहालको विज्ञप्तीमा भनिएको छ ।