सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी • Image Khabar Image Khabar


सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १९:०६

सांसद पार्वत गुरुङविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असोज २९ । दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरूङविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनकाक्रममा भएको घटनामा काठमाडौं जिल्ला अदालतले जारी गरेको पुर्जीअनुसार दोलखा जिल्ला प्रहरी कार्यालयले गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

स्थानीय तह निर्वाचनपछि दोलखाका तत्कालीन माओवादी कार्यकर्ता वीरध्वज खड्कामाथि काठमाडौैंमा आक्रमण भएकामा खड्काले गएको वैशाखमा सांसद गुरुङविरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए ।

काठमाडौं जिल्ला अदालतले गएको भदौमा सांसद गुरुङलाई अदालतमा उपस्थित गराउन आदेश दिएकामा उनी उपस्थित नभएपछि अदालतले यही असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही आदेशानुसार दोलखा प्रहरीले सांसद गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्