१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024


इमान्दार भएर राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले इमान्दार भएर राष्ट्र सेवामा समर्पित हुन निजामती सेवाका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३९ औं आधारभूत प्रशिक्षण समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशासनिक सेवामा भइरहेको ढिलासुस्ती र सेवाग्राहीका गुनासालाई समाधान गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

प्रशासनिक क्षेत्रमा अझैपनि भ्रष्टाचार र ढिलासुस्ती जस्ता समस्या समाधान नभएको भन्दै उनले उत्तरदायी र पारदर्शी भएर काम गर्न कर्मचारीलाई आग्रह गरे ।

उनले राष्ट्रिय सेवामा आफुलाई प्रवेश गराउनु छ भने जनताको सेवकको रुपमा आफुलाई प्रस्तुत गर्न सबै कर्मचारीको ध्यानाकर्षण गराए ।