१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत


0
Shares

झापा, वैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल झापाको अध्यक्षमा केशवप्रसाद ओझा सर्वसम्मत चयन हुनुभएको छ ।

पार्टीको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ओझा अध्यक्ष पदमा चयन हुनुभएको हो । यसअघि ओझा पार्टीको सचिव पदमा रहेर जिम्वेवारी सम्हाल्दै आउनुभएको थियो ।

दुई दिन अघि नै पार्टीको जिल्ला अधिवेशनबाट पदाधिकारीको टुङ्गो लागे पनि अध्यक्ष पदका लागि पार्टीका उपाक्ष्यक्ष कमल खरेल र सचिव ओझाले इच्छा देखाएपछि अध्यक्ष पदमा सहमति जुटेको थिएन । तर, उपाध्यक्ष खरेलले छाडेपछि अध्यक्षमा ओझा सर्वसम्वत चयन हुनुभएको हो ।

योसँगै राप्रपा झापाको कार्यसमितिले पूर्णता पाएको छ । समितिको सदस्यहरूमा क्षेत्र नम्बर १ बाटसुशील आचार्य, भेषराज प्रसाई, शारदा पराजुली, सुशीला शर्मा चयन भएका छन् । क्षेत्र नम्बर २ बाटा हेमप्रसाद भट्टराई, भीमनाथ सापकोटा, मनोजकुमार बोहोरा, नवराज भट्टराई, वेदप्रकाश अग्रवाल, कुशुम राई र तारा वस्नेत चयन भएका छन् ।

क्षेत्र नम्बर ३ बाट शेरवहादुर तामाङ, सीतादेवी लम्साल, खगेन्द्र पाण्डे, दीलकेशर थापा, निमसरी राजवंशी, रुद्रमणि आर्याल, अभिशेक ढुङ्गाना, लक्ष्मीदेवी मैनाली, कृष्ण कुमार सुब्बा चयन हुँदा क्षेत्र नम्वर ४ वाट तारामाया राई, राम न्यौपाने, सहरमान कटुवाल, खेमराज कार्की, शंकर नेपाल र विष्णुभक्त थापा चुनिएका छन् ।

यस्तै क्षेत्र नम्बर ५ बाट विजय बराल, भीमादेवी घताने, राम तामाङ, भीमवहादुर वस्नेत, भरीपूर्ण राई विष्णु प्रसाद पौडेल, सेलिना राई, देवी वहादुर थापा, र चन्द्र वहादुर थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच झापाका १५ वटै स्थानीय तह र पाँच वटै निर्वाचन क्षेत्रका लागि रााप्रपाले नेतृत्व चयन गरेको छ ।

नेतृत्व चयनका लागि भएको कार्यक्रममा पार्टीका नेता राजेन्द्र लिङ्देनको समेत उपस्थिति रहेको थियो । उहाँले निर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।