Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सुपर लिगमा आज ललितपुर र चितवन भिड्ने


0
Shares

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र चितवनबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

उद्घघाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १–० ले स्तब्ध भएको थियो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलुमोउले निर्णायक गोल गरेका थिए ।

यता, चितवन भने प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा चितवन मैदान उत्रने छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल २५ खेल हुनेछ ।