नेकपाको संगठन विभागमा तीन जना सदस्य थप • Image Khabar Image Khabar


नेकपाको संगठन विभागमा तीन जना सदस्य थप


Imagekhabar
२९ आश्विन २०७६, बुधबार १२:२१

नेकपाको संगठन विभागमा तीन जना सदस्य थप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विभागमा तीन जना सदस्य थप गरीएको छ ।

नेकपाको आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैंठकले वामदेव गौतम संयोजक र जनार्दशन शर्मा उपसंयोजक रहेको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा थप गरीएको हो  ।

बैंठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारीलाई तीव्र रुपमा अघि बढाउने निर्णय पनि गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको सदस्यको उप निर्वाचनको सम्बन्धमा उम्मेदवार तय गर्न सम्बन्धित निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीको परामर्शमा प्रदेश कमिटीलाई तीन जनाको नाम कात्र्तिक १० गतेभित्र सिफारीस गरी केन्द्रमा पठाउने जिम्मेवारी दिएको छ ।

उम्मेदवारको अन्तिम निर्णय भने केन्द्रले गर्ने छ । निर्वाचन क्षेत्रीय कमिटी नबनेको ठाउँमा जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारीस गर्ने जिम्मेवारी दिएको छ ।

गाउँपालिका, नगरपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षको सम्बन्धमा सम्बन्धित गाउँपालिका, नगरकमिटीको सिफारीसमा प्रदेश कमिटीले निर्णय गर्न सक्ने निर्णय बैंठकले गरेको छ ।

वडा कमिटीको सम्बन्धमा सम्बन्धित वडा कमिटी र नगर कमिटीको सिफारीसमा जिल्ला कमिटीले उम्मेदवारको अन्तिम निर्णय गर्न सक्ने छ । 

प्रतिक्रिया दिनुहोस्