विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी • Image Khabar Image Khabar


विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी


Imagekhabar
२९ आश्विन २०७६, बुधबार ११:५५

विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी

काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षमा निर्वाचत भएका हुन् । उनले ५८ प्रतिशत मत पाएको विवेकशीलले जनाएको छ । उज्वल थापाले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।

उनका प्रतिद्वन्द्वी शिवप्रसाद थापाले ३७ प्रतिशत मत पाएका छन् । विवेकशीलका पाँच प्रतिशत सदस्यले ‘नो भोट’मा मत दिएका छन् ।

त्यस्तै, महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएको विवेकशीलले जनाएको छ ।  उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्ष पदमा आज निर्वाचन हुँदैछ ।

असोज २८ गतेदेखि जनकपुरमा सुरु भएको विवेकशीलको राष्ट्रय सम्मेलन कात्तिक २ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्