२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी भवन पानी चुहिने


0
Shares

सर्लाही । सर्लाहीस्थित सीमा रक्षाका लागि खटिएका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट सीमरामा कार्यरत सुरक्षाकर्मी पानी चुहिने भवनमा बस्न बाध्य भएका छन् ।

पुरानो भन्सारको भवनमा बस्दै आएका उनीहरु पानी चुहिने भवनमा बस्न बाध्य भएका हुन् ।

यसरी पानी चुहिने भवनमा बस्दा सुरक्षाको लागि राखिएको हतियार, खाने अन्न तथा कपडाको सुरक्षा कसरी गर्ने भन्ने त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई अफ्टेरो परेको छ ।

सर्लाहीसहित देशैभरका सुरक्षा बेस क्याम्पमा यस्तै समस्या रहेको र यो माथिल्लै निकायबाट यस विषयमा पहल गरेमात्रै परिवर्तन हुन सक्ने सशस्त्रका उच्च अधिकारीहरुको भनाई छ । सर्लाहीका अधिकांश स्थानको सशस्त्र प्रहरी बलको भवन चुहिने गरेको छ ।